२१ भाद्र २०८३, आईतवार
,
Latest
तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा आज राखी ग्रहण गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री ओलीले लेख्नुभएको छ,“आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो । दिदीबहिनीलाई धन्यवाद !”

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइएको छ । रासस