६ श्रावण २०८३, बुधबार
,
Latest
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली कारागार झडपपछि सुरक्षा समितिको आपतकालीन बैठक



अ+ अ-

कैलाली। बिहीबार राति कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ।

प्रमुख जिल्ला अधिकारी गोगन हमालको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू घटनास्थल पुगेका थिए। तर, कैदीबन्दीहरूले कारागारको गेटमा ताला लगाएर भित्र प्रवेश गर्न नदिएपछि टोलीले कारागार प्रशासनसँग छलफल गरी जिल्ला प्रशासन कार्यालयमा फर्किएको हो।

झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्। घटनापछि उत्पन्न अवस्थाबारे आवश्यक निर्णय गर्न समितिको बैठक चलिरहेको जनाइएको छ।