२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन



अ+ अ-

कञ्चनपुर। नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा आज निधन भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो । उहाँलाई केही दिनदेखि मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका भण्डारी कञ्चनपुरबाट प्रकाशन हुने जनमानस साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक हुनुहुन्थ्यो । उहाँले कञ्चनपुर क्षेत्रको पत्रकारिता विकासमा उल्लेखनीय योगदान दिनुभएको थियो । स्वर्गीय भण्डारीका श्रीमती र दुई छोरा रहेका छन् ।

भण्डारीको निधनले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान् र कुशल नेतृत्व गुमाएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताउनुभयो ।

भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक प्रेरणादायी अभिभावक गुमाएको उहाँले बताउनुभयो । स्व भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद नारायणप्रकाश साउदले भण्डारीको निधनले कुशल समाजसेवी स्थापित पत्रकार सञ्चारजगतले गुमाएको बताउनुभएको छ । उहाँले सञ्चारकर्मी भण्डारीको निधनको खबर सुन्दा स्तब्ध र दुःखी भएको बताउनुभयो । रासस