२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको उत्तराखण्डमा बाढीले गाउँ बगाउँदा ४ जनाको मृत्यु, ५० बेपत्ता



अ+ अ-

एजेन्सी । भारतको उत्तराखण्डको धरालीमा भीषण बाढीले खीर गंगा गाउँ बगाएको छ ।

विगत दुई दिनदेखि परेको भारी वर्षासँगै आएको बाढिपहिरोले गाउँ बगाएको हो ।

घटनाका धेरै भिडिओ र तस्वीरहरू सार्वजनिक भएका छन् ।  भिडियोहरूमा पहाडबाट आएको भीषण बाढीले ३४ सेकेन्डमा सम्पूर्ण गाउँ बगाएको देख्न सकिन्छ ।

बाढीमा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको उत्तरकाशीका डीएम प्रशान्त आर्यले भारतीय सञ्चारमाध्यम दैनिक भाष्करलाई जनाएका छन् । जसमा ५० भन्दा बढी मानिस बेपत्ता छन् ।

बाढीमा परी धेरै मानिसहरू बगेको आशंका गरिएको छ । धराली बजार पूर्ण रूपमा ध्वस्त भएको छ भने धेरै होटल र पसलहरू भत्किएका छन् ।

घटनास्थलमा उद्धार टोली र सेना पुगेको छ ।