८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

तेलङ्गनामा नेपाली संस्कृतिको न्यान्यो स्पर्श

तेलङ्गनामा नेपाली संस्कृतिको न्यान्यो स्पर्श
अ अ+ अ-

काठमाडौँ । ढाका टोपी अर्थात् शिरपोस । खासगरी पुरूषहरूले लगाउने पहिरन । नेपालको राष्ट्रिय पोशाक । नेपालीको शान । जुन मानिसको शिरमा सजिन्छ । त्यसैले त यो नेपालीको शान, मान र पहिचान हो । नेपाली टोपीलाई विश्वको अग्लो हिमाल सगरमाथासँग जोड्ने गरिन्छ ।

‘मेरो टोपी कैलाशको शिर जस्तो
हिमाली भीर जस्तो
कहिल्यै पनि झुक्न नजान्ने
कहिल्यै पनि रुक्न नमान्ने
मेरो टोपी, नेपाली भीर जस्तो,
नेपाली वीर जस्तो’

गोपाल योञ्जनको स्वरबद्ध यो गीतले नेपाली ढाका टोपीको महत्व कति छ भनेर छर्लङ्ग हुन्छ । टोपी विश्वका धेरै देशका प्रचलित छ तर नेपालमा ढाका टोपीको विशेषता फरक छ । नेपाली हातले बुनिएको ढाका टोपीको पहिचान अलग्गै छ । विशेष धागोबाट बनाइएको ढाका टोपीमा नेपालीको मुहार झल्किन्छ ।

ढाका टोपीको यस्तै मीठो सम्झना रह्यो गत महिना भारत सरकारले हैदरावादस्थित तेलङ्गना राज्यस्थित डा एमसीआर एचआरडी मानव संसाधन विकास संस्थानद्वारा सञ्चालित आइटीइसी सेमिनारमा । गत असार १ गतेदेखि १५ गतेमम्म सञ्चालन भएको ‘पत्रकारिता तथा जनसम्पर्क’सम्बन्धी अन्तरराष्ट्रिय सेमिनारको समापनमा तेलङ्गना राज्यप्रमुख (गभर्नर) डा जिष्णुदेव वर्मालाई नेपाली प्रतिनिधि पत्रकार सागर चन्दले नेपाली सौगातस्वरूप ढाका टोपी लगाइदिनुभयो । शीरमा लगाइदिएको ढाका टोपीलाई मिलाउँदै उहाँले नेपाली भाषामा भन्नुभयो, “ढाका टोपी देख्ने बित्तिकै नेपालीजस्तो लाग्छ ।”

तेलङ्गना राज्यप्रमुख (गभर्नर) बर्माले बोलेका ती शब्द सुुनिरहँदा एकैछिन त नेपालमै भएको अनुभव भयो । मौन रहेको समारोह उहाँका शब्दहरू सुनेपछि गडगड तालीले हल गुञ्जियो । समारोहमा नेपाली पुरुष पत्रकार ढाका टोपीसहित आफ्नै भेषभूषामा सजिएका थिए भने महिलाहरू नेपाली पोषाक साडीमा सजिएका थिए । सम्मानपूर्वक नेपालीको सौगात पहिरिएर गर्भनरले सेमिनारमा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्नुभयो । नेपाली पत्रकारलाई प्रमाणपत्र दिदा नेपाली भाषामै फरक–फरक प्रश्न सोध्नुभयो, “नेपालमा घर कहाँ हो ?, कुन मिडियामा काम गर्नुहुन्छ ? तेलङ्गनामा के के चीज राम्रो लाग्यो ? यस्तै यस्तै । सेमिनारको समापनमा छुट्टै रौनकता छायो । नेपालीका लागि एउटा सान, सम्मान र गौरवको अनुभूति भयो । नेपालीको पहिचानका साथै शीरको सोभाका रूपमा रहेको ढाकाटोपी उपहार स्वरूप अथिति, प्रशिक्षक एमसीआर एचआरडीका समूहलाई नेपाली पत्रकारहरूले पालैपालो लगाइदिएका थिए ।

ढाका टोपीले बुनेको आत्मीयता

सेमिनारमा आएका पत्रकारिता र जनसम्पर्कसम्बन्धी विषय विज्ञहरूलाई प्रस्तुति सकिने बित्तिकै नेपाली प्रतिनिधि पत्रकारले ढीकाटोपी लगाइदिँदा प्रशिक्षकहरूको मुहारमा एक प्रकारको खुशी देखिन्थ्यो । तालिममा सङ्कट व्यवस्थापन विषयका विज्ञ डा अरजित पाठकले नेपाली प्रतिनिधिले ढाका टोपी लगाउने भनेपछि निकै उत्साहपूर्वक ग्रहण गर्नुभयो । शिरको ढाकाटोपीलाई हातले विस्तारै स्पर्श गरेर मुसुक्क मुस्कुराउँदै भन्नुभयो, “वो वाउ ! आउ सुइट, थ्याङयु सो मच ।”

रोचक प्रसङ्ग त के भने तालिममा विभिन्न नेपाल, श्रीलङ्का, बङ्गलादेश, ताजिकिस्तान, इथियोपिया, केन्या, दक्षिण सुडान, सेसेल्स, ट्युनेसिया, मोजाम्बिक, युगान्डा, लेसेथो, त्रिनिड्याड, सेरेलियोन र चिलीसहित १४ देशका ४९ मानिस सहभागित थिए । त्यसमा नेपाली प्रतिनिधि २२ जना, सबैभन्दा बढी थिए । अतिथि, प्रशिक्षकलाई दैनिकजसो ढाका टोपीले सम्मान गरिरहँदा अन्य देशबाट आएका सहभागीहरूलाई पनि ढाका टोपी राम्रो लाग्यो । तालिममा श्रीलङ्काका प्रतिनिधि नादिका डङ्गोलाले भन्नुभयो, “नेपाली टोपी कति राम्रो, मलाई पनि एउटा दिनुस् न, म घरमा लगेर सजाउँछु ।”

तर, नेपाली प्रतिनिधिसँग सबैका लागि पर्याप्त टोपी थिएन । हामी एकअर्कालाई हेरेर हेराहेर गर्दै मुस्कुरायौँ तर ढाका टोपी दिन सक्ने अवस्था थिए । पुनः अर्को भेटमा दिने बचन दियौँ । “नेपाली ढाका टोपी मन पराउनुभयो, खुशी लाग्यो, तर अहिले हामीसँग पर्याप्त भएन, पुनः भेट हुँदा टोपी अवश्य दिनेछौँ” नेपाली प्रतिनिधि सविता शर्माले ढाका टोपी अर्को पटक अवश्य दिने जानकारी गराउँदै भन्नुभयो, “त्यो बाचा भयो, अबको भेटमा पहिलो उपहार ढाका टोपी हुनेछ ।” अन्य देशका प्रतिनिधिले पनि नेपाली ढाका टोपीलाई रुचीपूर्वक नियालिरहेका थिए ।

अतिथि, प्रतिक्षक सहभागी विदेशीहरूले पनि टोपीप्रति चासो, आफूले पनि लगाउन पाए हुने भन्ने मोह देखाएका थिए । केहीले मलाई पनि है सम्म भनेका थिए । तर ढाका टोपी सीमित भएको हुनाले दिन सकिएन । त्यो बेला टोपी दिन नपाउँदा अझै धेरै लिएर आउनुपर्ने रैछ भन्ने महसुस भएको थियो ।

उपहार ढाका टोपी नै उत्तम

नेपाली पत्रकारको समूहबाट तालिममा जाने बेलामा भूपेन्द्र खत्री र सागर चन्दले मिलेर ५० वटा ढाका टोपी लिएर जानुभएको थियो । पत्रकारद्वय खत्री र चन्दबीच तालिममा जानु अघिल्लो दिन नेपालीको चिनो के लिएर जाने भनेर सल्लाह भयो । अनि ढाका टोपी लिएर जाने निर्णय भयो । “पहिला यस्तै तालिममा गएका साथीहरूले धेरैले केही न केही नेपाली चिनो वा उपहार लिएर जानु भन्नुभएको थियो”, पत्रकार चन्दले भन्नुभयो, “ढाका टोपी ढक्क शिरमै लगाउने, त्यो ठीक होला भन्ने लागेर भूपेन्द्र सर र मैले टोपी लाने निर्णय भएको थियो ।”

अन्तरराष्ट्रियस्तरको यस्तो सेमिनारमा जनसम्पर्क बढाउन र एउटा आत्मियता महसुस गराउन पनि यस्तो खालको उपहारले राम्रो छाप छोड्ने गरेका पाइयो । ढाका टोपी अन्तराष्ट्रियरूपमा नेपालीपन प्रवद्र्धन गर्ने गतिलो कोसेली भएको छ भने देशभित्र आफ्नो संस्कृति प्रवद्र्धन र सम्बद्र्धन गर्ने गर्विलो वस्तु पनि । टोपीका मौलिक महत्व भएकै कारण विदेशस्थित नेपाली कूटनीतिक नियोगले मित्र राष्ट्रका प्रतिनिधिलाई उपलब्ध गराउने उत्कृष्ट उपहार भएको छ ।

शिरमा ढल्केको ढाका टोपी स्नेहको प्रतीक

झट्ट हेर्दा शिरमा लगाएको एउटा टोपी जस्तो देखिए पनि त्यो एउटा साधारण टोपी होइन । नेपाली संस्कृति, मित्रता र गहिरो स्नेहको चिनो थियो । त्यसले छुट्टै पहिचान दियो । सेमिनारमा सहभागी विदेशीहरूले पछि त टोपी देख्ने बित्तिकै नेपाली भन्न थाले । तालिम अवधिभर पत्रकारिता र जनसम्पर्कसम्बन्धी विभिन्न सत्रहरू, गहन छलफल र बहस भयो । आ–आफ्नो देशको अनुभव साटासाट भयो । नेपालीको एउटा उपहार ढाका टोपीले गहिरो छाप छाड्यो । ढाका टोपी, जुन नेपालका गाउँबस्तीदेखि सिंहदरबारसम्मको प्रतिनिधित्व गर्छ । त्यो तेलङ्गनामा एउटा स्मृति बन्यो । मीठो मुस्कानसहित शिरमा ढाका टोपीमा सजिन्छ, त्यो केबल एउटा परम्परा मात्र होइन, मित्रताको झलक हो ।

भारतीय दूतावासको संयोजनमा भारत सरकारअन्तर्गत तेलङ्गना राज्यस्थित डा एमसीआर एचआरडी मानव संसाधन विकास संस्थानद्धारा सञ्चालित आइटीइसी तालिम कार्यक्रमअन्तर्गत ‘पत्रकारिता तथा जनसम्पर्क समिति’सम्बन्धी अन्तरराष्ट्रिय सेमिनारमा नेपाली ढाकाटोपीले छुट्टै छाप छाड्यो । तालिमका अवसरमा विभिन्न पत्रकारिताका विज्ञसँग अध्ययन, भ्रमण र बिहान योग गरियो । योगको समापनका दिन योग गुरु भीएल कृष्ण प्रसादलाई नेपाली प्रतिनिधिले ढाका टोपी लगाएर सम्मान गरियो । खुशी हुँदै उहाँले भन्नुभयो, “नेपाली ढाका टोपी राम्रो छ, यो स्नेह र सम्मानप्रति लागि हार्दिक आभार व्यक्त गर्दछु ।”

डा एमसीआर एचआरडी मानव संसाधन विकास संस्थानका कानुन तथा जनप्रशासन केन्द्रका प्रमुख तथा प्राध्यापक डा माधवी राभुलापतिले भन्नुभयो, “नेपाली संस्कृति र खानपान धेरै भारतसँग मिल्छ, ढाकाटोपीको सम्मानले तालिममा एउटा थप सुन्दरता थप्यो, खुशी लाग्यो ।” नेपाली प्रतिनिधिले सो विभागका डा सुरेसकुमार कोन्दोजु र सेमिनार इन्चार्ज फैयाज मेहदी मोहम्मदलगायत सम्पूर्ण समूहलाई नेपाली प्रेम, स्नेहका साथै मायाको चिनो स्वरूप ढाकाटोपी लगाइदिएका थिए । जुन समय एउटा छुट्टै रोचक बनेको थियो । प्रत्येक वर्ष जनवरी १ मा ‘अन्तरराष्ट्रिय नेपाली टोपी दिवस’ मनाउने गरिन्छ । यसले पनि नेपाली टोपीको प्रचारप्रसार मात्र होइन, विश्वभर नेपालीको पहिचान र संस्कृति विस्तार भइरहेको छ ।रासस