५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलको नेतामा हारेपछि बहादुर सिंहले भने– राजीनामा दिनुपर्ने आधार छैन, सबै संविधानअनुसार हुन्छ



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू कांग्रेसको संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् ।

बुधबार कांग्रेस बागमतीको दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामाले आफू संविधानअनुसार चल्ने बताए । संविधानभन्दा बाहिर कोही पनि ठुलो नहुने बताउदै उनले भने, ‘मैले राजीनामा दिनुपर्ने आधार नै छैन । सबै संविधान अनुसार नै हुन्छ । संविधानभन्दा बाहिर कोही पनि ठुलो हुन सक्दैन ।’

आफू नेतृत्वको सरकार संविधानको धारा १६८ को (२) अनुसार बनेकाले मुख्यमन्त्री बन्न दलको नेता नचाहिने उनको भनाई छ । उनले भने, ‘संविधानको धारा १६८(२) अनुसार बनेको सरकार हो यो । त्यसअनुसार सरकार गठन गर्दा दलको नेता हुनैपर्छ भन्ने छैन । त्यसैले यो सरकारलाई दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन मिल्दैन । संविधानले स्थिर सरकारको व्यवस्था गरेको छ । एकचोटि अविश्वास प्रस्ताव दर्ता भयो भने अर्को पटक फेरि एक वर्ष कुर्नुपर्ने प्रावधान छ । त्यसैले संविधानले स्थिर सरकारको लागि छुट्टै व्यवस्था गरेको हो, जुन सबैले पालना गर्नुपर्छ ।’