४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनकाे आज (शुक्रबार) ६७औं दिन



अ+ अ-

काठमाडाैंः आज (शुक्रबार) देशव्यापी लकडाउनको ६७ दिन पुगेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन जारी गरेको छ । जेठ २० गते मंगलबार मध्यरात सम्मका लागि लकडाउनको अवधि तोकिएको छ । लामो समय सम्म लकडाउन भएपछि जनजीवन भने प्रभावित भएको छ ।

लकडाउनका कारण कामठमाडौं उपत्यका भित्रका मुख्य सडकमा अत्यावस्यक ढुवानी तथा सेवाका सवारी साधन, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका सवारीसाधन चलेका छन् । पछिल्लो केही दिन यता संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षाकर्मीले सवारीसाधन सञ्चालनमा कडाई गरेको छ ।

प्रहरीले अत्यावस्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरेको छ । मुख्य सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिन्छ । उपत्यकाका भित्रि सडक क्षेत्रमा रहेका खाद्य सामग्री तथा तरकारीका पसलहरु खुलेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर अत्यावस्यक खाद्य सामग्री खरिद गरेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको प्रेस ब्रिफिङ अनुसार नेपालमा कुल १ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ । जसमध्ये १ सय ८७ जना निको भएका छन भने ५ जनाको मृत्यु भएको छ ।

यस्तै कुल ६० हजार ९ सय १६ जनाको पीसीआर परिक्षण भएको छ । कुल ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन भने ८ सय ५० जना आइसोलेसनमा रहेका छन् ।