१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिकस्थल सफाइ अभियानमा जुटे स्थानीय



अ+ अ-

गण्डकी। सडक, पुल, नाला, चौतारा, मन्दिरलगायत सार्वजनिकस्थलको सरसफाइमा यहाँका स्थानीयवासी जुटेका छन् । ‘हाम्रो टिम गलकोट’मा स्वयंसेवी रूपमा जोडिएका युवा, समाजसेवी, पेसाकर्मी आदि मिलेर बागलुङको गलकोट नगरपालिकामा सरसफाइ अभियान चलाएका हुन् ।

गत असार ७ गतेदेखि हरेक शनिबार विभिन्न ठाउँमा पुगेर सरसफाइसहित सचेतनामूलक कार्यक्रम गर्ने गरिएको उक्त अभियानका संयोजक दीपक शर्मा पौडेलले बताउनुभयो । असार पहिलो शनिबार गलकोट नगरपालिका–३ र ६ जोड्ने गौँदीखोला पुल सरसफाइ गरिएको उहाँले जानकारी दिनुभयो ।

दास्रो शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत गलकोट ३, ५ र ७ को सङ्गमस्थलमा रहेको दरमखोला पुल सरसफाइ गरिएको थियो । तेस्रो शनिबार मध्यपहाडी लोकमार्गमै पर्ने गलकोट–२ नरेठाँटीको पुल, चौथो शनिबार गलकोट–३ रजराको ऐतिहासिक चौतारो र साउनको पहिलो शनिबार गलकोट–६ स्थित नगरपालिका कार्यालय जोड्ने सडक र नाली सरसफाइ गरिएको संयोजक पौडेलले बताउनुभयो ।

गत शनिबार रजरा चौतारोको सौन्दर्यीकरणका लागि विभिन्न रुख र फूलका बिरुवा रोपिएको उहाँको भनाइ छ । “निर्माण भएको वर्षौं बित्दासमेत नियमित मर्मत र सरसफाइ नहुँदा पुलमा कुरूप बनेका थिए, पुल छेउछाउ झाडीले ढाकिएको थियो”, संयोजक पौडेलले भन्नुभयो, “सरसफाइ गरेपछि नाली बुझिने, पुलमा पानी र हिलो जम्ने समस्या पनि हटेको छ ।” ठूलो लगानी गरेर रजराको चौतारो पुनर्निर्माण गरिएपनि रेखदेख नहुँदा जीर्ण बन्ने देखिएपछि सरसफाइ र वृक्षरोपण गरिएको उहाँको भनाइ छ ।

सरसफाइ अभियान आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन हुने संयोजक पौडेलले बताउनुभयो । घरबाटै कुटोकोदालो, गैँती, बेल्चाजस्ता औजार लिएर स्थानीय बासिन्दा सरसफाइमा जुट्ने गरेका हुन् । उक्त अभियानमा नेपाल रेडक्रस सोसाइटी, हटिया शाखाका अध्यक्ष नवराज गौतम, गलकोट बहुमुखी क्याम्पसका प्रध्यापनरत खिमनाथ गौतमलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सक्रिय छन् ।

संयोजक पौडेल पनि शिक्षण पेसामा सक्रिय हुनुहुन्छ । सुरूमा पाँच जनाबाट सुरू भएको उक्त अभियानमा अहिले झण्डै ५० जना आबद्ध हुनुभएको छ । हरेक शनिबार बिहानको समयमा सरसफाइ अभियान सञ्चालन हुने गरेको छ । सरसफाइप्रति समुदायस्तरमा जनचतेना अभिवृद्धिका लागि उक्त अभियान सुरू गरिएको संयोजक पौडेलले बताउनुभयो । रासस