८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य
अ अ+ अ-

लुम्बिनी। बुटवलको ऐतिहासिक पर्यटकीयस्थल मणिमुकुन्द सेन उद्यान(फूलबारी) बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ ।

पछिल्लो समय उद्यान भ्रमण तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । यहाँ आउनेमा भारतीय पर्यटकको सङ्ख्या बढी छ ।

बुटवल उपमहानगरपालिका–२, फूलबारीस्थित उद्यान अवलोकनका लागि आर्थिक वर्ष २०८१/०८२ मा पाँच लाख ४७ हजार १९९ जना पर्यटक आएका छन् । तीमध्ये ७४ हजार ५९२ जना भारतीय पर्यटक र ७१ हजार ६९५ जना विद्यार्थी रहेका मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले जनाएको छ ।

समितिले आज वार्षिक समीक्षा तथा आगामी योजनाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष माधवप्रसाद नेपालले अध्ययन केन्द्रका रुपमा उद्यानलाई विकास गर्ने योजना रहेको बताउनुभयो ।

विगतमा भन्दा पछिल्लो समय भारतीय पर्यटक तथा अध्ययन अवलोकन गर्न आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । “यहाँ आउने विद्यार्थीमध्ये केही आफ्नो उच्च शिक्षा अध्ययनका क्रममा उद्यानसम्बन्धी शोधपत्र तयार गर्नका लागि पनि यहाँ आउने गरेका छन्”, अध्यक्ष नेपालले भन्नुभयो ।

उद्यानमा आवश्यक पूर्वाधार निर्माण तथा सौन्दर्यीकरणको काम भए पर्यटकको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । यहाँ रहेको सेनवंशीय भग्नावशेष दरबार संरक्षणसँगै सङ्ग्रहालय निर्माण गर्न चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट रु तीन करोड बजेट विनियोजन भएको छ । यसैगरी उद्यानलाई सांस्कृतिक केन्द्र, रिसर्च सेन्टर तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने स्पष्ट खाका तयार गरिएकाले सो कार्यान्वयन भए थप उत्साह बढ्ने अध्यक्ष नेपालको विश्वास छ ।

उद्यानमा नर्सरी उत्पादनलाई व्यावसायिक बनाउँदै, दरबार क्षेत्रको संरक्षण, बगैँचा सौन्दर्यीकरण, नयाँ सेल्फी जोन, ट्रि रेष्टुराँ, सिसाको पुल, जिपलाइनजस्ता संरचनाहरू निर्माणका लागिसमेत अध्ययन र तयारी भइरहेको समितिले जनाएको छ ।

यस्तै, मुनामदन बगैँचाको सौन्दर्यीकरण, बुटिक गार्डेनको अवधारणा, ‘एक्युरियम’, डिजिटल सूचना केन्द्र, राष्ट्रिय–अन्तरराष्ट्रियस्तरमा मिडिया सहकार्य तथा ‘रिसर्च फेलोसिप’ कार्यक्रम सञ्चालनजस्ता योजना रहेका अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

उद्यान संरक्षण समितिका महासचिव युवराज घिमिरेले समितिले स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका सरकारसँग सहकार्यमा संरचनागत विकास गरिरहेको बताउनुभयो । बजेट अभाव, सामुदायिक वनसँग कानुनी जटिलता, प्राविधिक जनशक्ति र पानी आपूर्ति यहाँको चुनौती रहेकाले त्यसको सम्बोधन गर्न सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

गत वर्ष उद्यानको आम्दानी रु चार करोड छ लाख तथा खर्च रु तीन करोड ९६ लाख भएको त्यस अवसरमा जानकारी गराइयो । यसैगरी मनोरञ्जन कर, आयकर र अन्य कर शीर्षकमा रु ४७ लाखभन्दा बढी भुक्तानी गरिएको पनि समितिले जनाएको छ । रासस