७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

“सीमा समस्याका बारेमा भारतकाे जवाफकाे प्रतीक्षामा छाैं”

“सीमा समस्याका बारेमा भारतकाे जवाफकाे प्रतीक्षामा छाैं”
file
अ+ अ-

काठमाडाैंः परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले भारतसँगकाे सीमा समस्याको समाधानका लागि सरकारले प्रयत्न गरिरहेको तर ठोस मिति तय भइनसकेको बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताउनुभयाे । भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरी सडक बनाएपछि नेपालले आफ्नो राजनीतिक नक्सा जारी गरेको थियो ।

भारतले नेपालले बनाएको नक्सा स्वीकार्य नहुने र कुटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरेपनि अहिले सम्म कुनै मिति र मोडालिटी तय नभएको मन्त्री ज्ञवालीले बताउनुभएको हो । उहाँले सरकार मिति र मोडालिटीको पर्खाइमा रहको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी त हरबखत वार्ताबाटै समस्या समाधानका लागि प्रयत्नहरु गरिराखेका छौं ।

अहिले औपचारिक वार्ताको ठोस मिति वा मोडालिटी तय भइसकेको अवस्था छैन । हामी निरन्तर टचमा छौं ।’ उहाँले भूमि फिर्ता गर्ने गरी नै वार्ताको तयारी सरकारले गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘भूमि फिर्ता गर्ने गरिनै हामीले यि सबै कुराहरु गरेका हौं र वार्ता हामी गछौं, प्रतिक्षा गरिरहेका छौं वार्ताको औपचारिक डेटको ।’

उहाँले सरकार वार्ताबाटै समस्या समाधान गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको समेत बताउनुभयो । उहाँले सिंगो देश एकबद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदहरुलाई आग्रह गर्नुभएको थियो । संसदहरुले भने वार्ताको मिति र मोडालिटी अझैपनि तय हुन नसक्दा लामो समयसम्म भूमि फिर्ता हुन नसक्ने भन्दै गम्भिर हुन आग्रह गरेका छन् ।