१९ श्रावण २०८३, मंगलवार
,
Latest
भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण श्रेष्ठ र यमनको पलेँटी आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल: आधिकारिक सूचना अधिकारी खटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याङ्करको ठक्करबाट एकको मृत्यु, एक घाइते



अ+ अ-

भरतपुर। नारायणगढ–मुग्लिन सडकखण्डमा तेल बाकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

आज अपराह्न भरतपुर महानगरपालिका–२९ चौधकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नं को तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३८२९ नं को मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

घाइते भरतपुर–१४ का ४७ वर्षीय कविराज विश्वकर्माको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।