८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’मार्फत डिपबोरिङ

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’मार्फत डिपबोरिङ
फाईल । तस्बिरः सिङ्घबहादुर थापा/रासस
अ अ+ अ-

वीरगञ्ज । खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर पानी तान्ने गरेको पाइएपछि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले उपभोक्ता समितिहरुलाई अनिवार्य रुपमा मिटर जडान गरेर विद्युत् प्रयोग गर्नका लागि अनरोध गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले खानेपानी र सिँचाइका लागि मिटरसहितको विद्युत्को लाइन जडान गरेर मात्रै डिपबोरिङ गर्नका लागि अनुरोध गर्नुभयो ।

“उपभोक्ता समितिहरुले आवश्यक पर्ने कागजात लिएर आएको खण्डमा २४ घण्टाभित्रै डिपबोरिङ रहेको स्थानमा लाइनसहितको मिटर जडान गरिदिनेछौं । त्यसैले मिटर जडान नगरिकनै हुकिङ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुहुन अनुरोध गरिन्छ”, उहाँले भन्नुभयो ।

वितरण केन्द्रका प्रमुख दुबेले ओभर ट्रिपिङको कारणले विद्युत्मा ‘सर्टसर्किट’ र विद्युत् चुहावट दुवै नियन्त्रण गर्नका लागि खटिनुपर्ने अवस्था आएको बताउनुभयो ।

वीरगञ्ज महानगर वडा नं २० का वडाध्यक्ष रामकिशोर सिंहले विद्युत् प्राधिकरण पनि राज्यकै निकाय भएकाले अनिवार्य रुपमा मिटर जडान गरेर डिपबोरिङ सञ्चालन गर्नका लागि अनुरोध गर्नभयो । “पानी तान्ने डिपबोरिङका लागि आवश्यक पर्ने मिटर जडान गरेर सञ्चालन गर्नका लागि नगरवासीसँग अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “मिटर जडान गरेर विद्युत् प्रयोग गर्दा अन्य कुनै पनि खालका जोखिमबाट पनि बच्न सकिन्छ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि विद्युत् चोरी तथा चुहावट गर्ने कार्यमा संलग्न हुनेलाई आवश्यक कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पर्साको खानेपानी तथा सिँचाइसम्बन्धी समन्वय र सहजीकरण समितिको आज बसेको बैठकले पनि चालु अवस्थामा रहेका डिपबोरिङमा विद्युत् व्यवस्थाका लागि स्थानीय वडाध्यक्ष÷जनप्रतिनिधिको समन्वयमा उपभोक्ता समिति गठन गर्ने र विद्युत् मिटर जडान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

खानेपानी र सिँचाइ विद्युत् आपूर्तिको लागि निवेदन प्राप्त भएको २४ घण्टाभित्र नेपाल विद्युत् प्राधिकरणले विद्युत् मिटर जडान गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका अध्यक्ष नीरञ्जन साह सोनारले जानकारी दिनुभयो ।

“हालसम्म खानेपानी संस्थानलगायत अन्य निकायबाट जडान भएको धारा तथा बोरिङको लगत सङ्कलन गर्ने”, उहाँले भन्नुभयो, “खानेपानी अभाव रहेको क्षेत्रको पहिचान गर्ने र आवश्यकता पहिचान भएको क्षेत्रमा पानी आपूर्तिको अवधारणापत्र तयार गर्ने पनि निर्णय गरेको छ ।”

समितिको बैठकले वास्तविक रुपमा खानेपानी अभाव भएका क्षेत्रको पहिचान गरी न्यूनतम पाँच हजार लिटर क्षमताका आवश्यक सङ्ख्यामा ट्याङ्की जडान गर्ने र सोको समन्वय युनिसेफ नेपाल र जिल्ला समन्वय समितिले वीरगञ्ज महानगरपालिकासँगको समन्वयमा सात दिनभित्र जडान गर्ने निर्णय गरेको छ ।

त्यस्तै गरी खानेपानीको वैकल्पिक सुविधा नभएको ठाउँमा डिपबोरिङ जडान गर्नुपरेमा स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसमा बोरिङ जडान गरी सोको जानकारी जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत गराउने पनि निर्णय भएको छ । रासस