९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार थप ६० जनामा कोरोना पुष्टि



अ+ अ-

वीरगञ्ज । आइतबार प्रदेश २ मा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना संक्रमित भेटएका हुन् ।

रौतहट, धनुषा, सर्लाहीमा भेटिएका ६० जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो । रौतहटमा भेटिएका संक्रमतिहरु दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन ।

त्यसैगरी धनुषामा भेटिएका संक्रमतिहरु मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका थिए भने सर्लाहीमा भेटिएका संक्रमितहरु हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् ।