• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जलपक्षी गणना सुरु



काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना भइरहेको छ । बुधबारबाट सुरु भएको गणना शुक्रबार सम्पन्न हुने छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपक्षी गणना गरिन्छ । 

जनवरी १ बाटै कोसी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका तालतलैयामा गणना थालिएको थियो । अन्य क्षेत्र समयानुकूल मिलाएर गणना गरिएको हो । नेपाल पक्षीविद् सङ्घको बागमती प्रदेश संयोजक वासु विडारीका अनुसार आज बीस हजारी ताल र आसपासका क्षेत्रमा गणना भइरहेको छ ।

बाटुली, कुमाल, टिकौली, सत्रहजारी ताल र नहर क्षेत्रमा आज १९ जना विज्ञले गणना गरिरहेको उहाँले जानकारी दिनुभयो । गणकहरुले बुधबार लोथरखोलाबाट कसराघाटसम्मका विभिन्न क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म गणना गरेका थिए ।

वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीका अनुसार शुक्रबार छुटपुटका ठाउँमा र पश्चिम चितवनमा गणना गरिँदै छ । राप्ती नदीको घठगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङगला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा चरा गणना गरिने छ ।

वर्ड एजुकेशन सोसाइटी, नेपाल पक्षीविद् सङ्घ, हिमालयन नेचर, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना भइरहेको छ । पहिलो दिन ४२ जना गणकले गणना गरेका थिए ।

चौधरीले बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडरलगायतको प्रयोग गरी चराको गणना गरिएको बताउनुभयो । गत वर्ष चितवनमा ५५ प्रजातिका नौ हजार ५६५ चरा भेटिएको उहाँले जानकारी दिनुभयो । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।

नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरीया, मध्य एशियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उहाँले जानकारी दिनुभयो ।

नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ । यस गणनामा फोटोग्राफरको पनि सहभागिता हुने गर्दछ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिन्छ ।