काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने पार्टीले निर्णय गरेसँगै उहाँलाई समर्थन गर्ने एमालेका नेता तथा कार्यकर्ता आक्रोसित भएका छन् ।
गएराति पार्टीको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो । जसले पार्टीको राजनीतिक बाटोलाई बन्द गरिदिएको छ ।
एमालेको यो निर्णयसँगैसोही पार्टीका काठमाडौँ अध्यक्ष दीपक निरौलाले इतिहास सम्झाउने टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, “इतिहास साक्षी छ, पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई बोल्न नदिएको थियो। यस्तै गरी, बहुदलीय जनवादको विषय सुरु गर्दा पनि प्रारम्भमा साथ दिनेहरू कम थिए । केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने अवस्था पनि त्यसैको हिस्सा हो । केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन दिँदा आन्दोलन रोकिएन । यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो ।”










