२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित समुदायबारे चाँडै एकीकृत कानुन बनाउनुपर्ने माग



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरूले दलित समुदायका निम्ति एकीकृत कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।

 जागरण मिडिया सेन्टरले यहाँ आज आयोजना गरेको ‘कानुन निर्माणको अवस्थामा सीमान्तकृत समुदायको सवाल’ सम्बन्धी अन्तरसंवादमा उहाँहरूले संविधान बनेको दश वर्ष हुँदा पनि दलित समुदायसम्बन्धी कानुन बन्न नसकेको भन्दै जतिसक्दो चाँडो निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो।

सांसद हर्कमाया विकले संविधानको प्रस्तावनामा सबै प्रकारका जातीय विभेद र छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिए पनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

संविधानको धारा ४० को ‘दलितको हक’ मा ‘राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ भनिएको छ ।

त्यसैगरी धारा २४, को ‘छुवाछूत तथा भेद्भाव विरुद्धको हक’ (१) मा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाती, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनैपनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेद्भाव गरिने छैन’ भन्ने व्यवस्था गरिएको छ ।

सांसद रेखा यादवले दलित, महिला र मधेशीलगायत सीमान्कृत समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारको निम्ति संयुक्त सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । सांसद शान्ति चौधरीले कार्यपालिका, न्यायपालिकालगायत राज्यका हरेक संरचनामा दलित समुदायको जनसङ्ख्याको आधारमा सहभागिता सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो ।

हाल प्रतिनिधिसभामा १६ जना र राष्ट्रियसभामा आठ जना मात्रै दलितको सहभागिता छ ।  रासस