१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेश फर्कनेलाई टेलिकमकाे निःशुल्क सीम



अ+ अ-

काठमाडाैंः कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने तयारी गरेको छ ।

नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी कम्पनीले निःशुल्क सिम उपलब्ध गराउने छ । यस प्रयोजनका लागि कम्पनीले तत्काल १ लाख सिमकार्डको व्यवस्था गरिसकेको टेलिकमका प्रवक्ता  राजेश जोशीले बताउनुभएकाे छ ।

यसरी सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्नेछ । स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचय पत्र उपलब्ध नभएको अवस्थामा उहाँहरुका आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रबाट पनि सिम उपलब्ध गराउन सकिने छ ।

कम्पनीेले उपलब्ध गराउने सिमकार्डको माध्यमबाट प्रयोगकर्ताले आफन्तसँग सम्पर्क गर्न सहज हुनुका साथै नेपाल फर्किएपछि उहाँहरुको स्वास्थ्य अवस्था तथा सम्पर्कमा आउने व्यक्तिको सूची तयार गर्न सम्बन्धित निकायलाई सहज हुनेछ ।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीहरुका लागि नेपाल सरकारले काठमाडौ उपत्यकामा व्यवस्था गर्ने ८ वटा होल्डिङ सेन्टरहरुमा नेपाल टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने छ ।

कम्पनीका यी प्रयासहरुबाट ग्राहकलाई थप सुविधा पुग्नुका साथै समुदायमा कोरोना भाइरस नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।