काठमाडाैंः काेराेनाभाइरसका कारण हवाइ सेवा अवरूद्ध भएसँगै विदेशमा अलपत्र परेका र काेराेनाभाइरसकाे त्रासका कारण स्वदेश फर्कन चाहनेकाे यकिन संख्या अझै थाहा भइसकेकाे छैन । तर विदेशमा कामकाे सिलसिलामा रहेका लाखाैं नेपाली अहिले घर सम्झिरहेका खबरहरू प्रकाशन भइरहेका छन् ।
यसै सिलसिलामा भारतबाट पैदलै ठूलाे संख्यामा नेपालीहरू स्वदेश फर्किएका छन् । तर हवाइ मार्गबाट भने यही जेठ २३ गते शुक्रबारदेखि नेपालीहरू स्वदेश फर्कन थालेका छन् । पहिलाे बिमान म्यान्माबाट २६ नेपाली लिएर म्यान्मा सरकारकाे सैनिक बिमान त्रिभुवन विमानस्थलमा अवतरण गरेकाे थियाे भने साँझ युएइबाट १६८ जना नेपाली यात्रु लिएर अर्काे विमान अवतरण गरेकाे छ ।
नेपाल ल्याइएका सबै नेपालीलाइ क्वारेन्टिनमा राखिने छ । काठमाडाैंका हाेल्डिङ सेन्टरमा एक रात राखेर उनीहरूलाइ सम्बन्धित प्रदेशमा पठाइने तयारी सरकारकाे छ ।
यसै सेराेफेराेमा त्रिभुवन विमानस्थल परिसरमा देखिएका दृश्यहरूः