२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणी अभियोगमा प्रकाउ परेका युवकमा कोरोना पुष्टि



अ+ अ-

गोरखा । जवरजस्ती करणी अभियोगमा प्रकाउ परेका युवकमा कोरोना भाइरस पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतभित्र रहेका १७ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।

दश दिनअघि पक्राउ प्रकाउ परेका ती युवकमा पिसिआर परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको गोरखाका एसपी ओम अधिकारीले बताए । एसपी अधिकारीका अनुसार ती युवकसँग सम्पर्कमा आएका सबैको खोजी गर्ने तयारी छ।

पक्राउ गरेपछि आरडिटी परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई हिरासतमा राखिएको थियो। ती युवकसहित गोरखा प्रहरी हिरासतमा अर्का एक पुरूष पनि सँगै थिए।

संक्रमित युवकलाई गोरखा अस्पतालमा रहेको आइसोलेसनमा राखिने जिप्रका गोरखाले जनाएको छ।