१४ असार २०८३, आईतवार
,
Latest
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणी अभियोगमा प्रकाउ परेका युवकमा कोरोना पुष्टि



अ+ अ-

गोरखा । जवरजस्ती करणी अभियोगमा प्रकाउ परेका युवकमा कोरोना भाइरस पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतभित्र रहेका १७ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।

दश दिनअघि पक्राउ प्रकाउ परेका ती युवकमा पिसिआर परीक्षण गर्दा आइतबार कोरोना पोजेटिभ देखिएको गोरखाका एसपी ओम अधिकारीले बताए । एसपी अधिकारीका अनुसार ती युवकसँग सम्पर्कमा आएका सबैको खोजी गर्ने तयारी छ।

पक्राउ गरेपछि आरडिटी परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई हिरासतमा राखिएको थियो। ती युवकसहित गोरखा प्रहरी हिरासतमा अर्का एक पुरूष पनि सँगै थिए।

संक्रमित युवकलाई गोरखा अस्पतालमा रहेको आइसोलेसनमा राखिने जिप्रका गोरखाले जनाएको छ।