५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने आन्द्रे रसेलको घोषणा



अ+ अ-

एजेन्सी । वेस्ट इण्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन् ।

उनले घरेलु मैदान जमैकाको सबिना पार्कमा अस्ट्रेलियाविरुद्ध हुन लागेको पहिलो दुई टी–२० खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् ।

३७ वर्षीय रसेलले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले आफ्नो १३ वर्षे करियरमा एक टेस्ट, ५६ एकदिवसीय र ८४ टी–२० आई खेलेका छन् । पछिल्लो वर्षहरूमा रसेल वेस्ट इण्डिजका लागि टी–२० फर्म्याटमा मात्र सक्रिय थिए । रसेल सन् २०१२ र २०१६ को टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका महत्वपूर्ण सदस्य थिए ।

संन्यास लिने घोषणा गर्दै रसेलले भनेका छन्, ‘वेस्ट इन्डिजको लागि खेल्नु मेरो लागि गर्वको कुरा हा े। बाल्यकालमा मैले कहिल्यै सोचेको थिइनँ कि म यो अवस्थामा पुग्नेछु। क्रिकेटप्रतिको प्रेमले मलाई अझ राम्रो बन्न प्रेरित गर्‍यो। म वेस्ट इन्डिजको जर्सीमा आफ्नो छाप छोडेर अरूको लागि प्रेरणा बन्न सकु । मलाई परिवार र साथीभाइको अगाडि घरमा खेल्न मन पर्छ। म मेरो करियरको अन्त्य उत्कृष्ट प्रदर्शनका साथ गर्न चाहन्छु र अर्को पुस्ताको लागि उदाहरण प्रस्तुत गर्न चाहन्छु ।’

रसेललाई अष्ट्रेलिया विरुद्धको टी-२० टोलीमा समावेश गरिएको छ। ५ टी-२० खेलको शृङ्खला जुलाई २१ बाट सुरु हुँदैछ ।  पहिलो र दोस्रो खेल जमैकाको सबिना पार्क रंगशालामा खेलिनेछ ।

हालै मात्र वेस्ट इण्डिजका अर्का आक्रामक ब्याटर निकोलश पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।