५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद विकासका लागि चीनले दियो ठूलो रकमको खेल सामग्री



अ+ अ-

काठमाडौँ ।  नेपाली खेलकुदका लागि चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले खेल सामाग्री र स्वास्थ्य परीक्षणको उपकरणसहित ठूलो मूल्य बराबरको सहयोग गरेको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार एक कार्यक्रमबीच चीनको युनान खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई उक्त सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो । सो कार्यक्रममा नेपालस्थित चिनियाँ दुतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् । विभिन्न ३४ प्रकारका उक्त सामाग्री करिव ८५ लाख रुपैयाँ बराबर रहेको राखेपले जनाएको छ । यसअघि नै यो सामग्री किन्नका लागि चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले चेक प्रदान गरेको थियो ।

गत वर्ष कात्तिक २४ गते पोखरामा सम्पन्न एक कार्यक्रमका बीच युनान प्रादेशिक खेलकुद ब्युरोले तत्कालीन समयमा राखेपकी निमित्त सदस्यसचिव अञ्जना श्रेष्ठ मास्केलाई उक्त चेक हस्तान्तरण गरेको थियो । सोही रकम बराबरको खेल सामाग्री मंगलबार राखेपलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ, विभिन्न विभागका प्रमुख, मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी र प्रशिक्षक लगायतको उपस्थित थिए ।

सो अवसरमा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सदस्यसचिव टंकलाल घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको उल्लेख गर्दै हरेक वर्ष सहयोगले निरन्तरता पाउने प्रतिवद्धता पाएको विश्वास व्यक्त गरेका छन् । साथै घिसिङले २० औं एशियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेको र दृढ संकल्पका साथ प्रशिक्षण अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले अबको दुई हप्ताको अवधिमा मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरूको शारीरिक र खेलगत अवस्थाको परीक्षण गरिने पनि उल्लेख गरे ।

साथै उनले त्यसपछि खेल संघसँग समन्वय गरी प्रशिक्षणलाई अगाडि बढाइने बताएका छन् । डेपुटी चिफ दि मिसन वाङले नेपाली खेलकुदको विकास थोरै भए पनि टेवा पुग्ने उल्लेख गर्दै विगतमा पनि खेल क्षेत्रमा सहयोग गरेको स्मरण गरे । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले चीन सरकारले विगतका दिनमा सहयोग गर्दै आएको बताए ।