४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यिक पत्रारितालाई परिमार्जन गर्दै लैजानुपर्छः कुलपति राई



अ+ अ-

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रविधिअनुसार साहित्यिक पत्रारितालाई परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल साहित्यिक पत्रकार संघको १९ औं स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले साहित्यिक पत्रकारिताको मात्रै नभइ समाचार पत्रपत्रिकामा पनि प्रविधिसँगै चुनौति आइरहेको बताउनु भयो । अब विस्तारै पत्रपत्रिका र साहित्यिक पत्रकारितालाई डिजिटलाइज गर्न जरुरी रहेको बताउनु भयो । अब कागजको सुगन्धबाट च्युत हुने स्थिति निर्माण भइरहेको बताउनु भयो । कागजसँग टाँसिएको मानिसको श्रमसँग विस्तारै विस्तारै च्युत हुँदै गइरहेको बताउनु भयो । साहित्यिक पत्रकारिताको इतिहास भुल्न नहुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साहित्यिक पत्रकारिताको मात्रै होइन समाचार पत्रपत्रिकाको पनि समस्या भइरहेको छ । विस्तारै विस्तारै अहिलेको प्रविधिको युगअनुसार एआईको युगअनुसार विस्तारै सबैकुरा डिजिटलाइज नगरी नहुने स्थिति भइसकेको अवस्था छ । विस्तारो विस्तारो हामीले कागजको सुगन्धबाट च्युत हुनुपर्दैछ । कागजसँग टाँसिएको मानिसको श्रमसँग विस्तारै विस्तारै च्युत हुँदै जानुपरिरहेको छ । हामीले कागजबाट अब विद्युतमा सर्नुपर्दैछ । यो चुनौति हामी सबैमा छ । साहित्यिक पत्रकारिताको इतिहास भुल्नु हुँदैन । अहिलेको डिजिटल युगअनुसार चल्नुपर्ने अवस्था अवश्य छ । तर इतिहास भुल्नु हुँदैन ।’

कुलपति राईले मानिसँग आँशु हुन्जेलसम्म मानिसले कविता लेख्ने बताउनु भयो ।