११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार समन्वय समितिको बैठक जारी



अ+ अ-

काठमाडौं । गठबन्धन सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यले गठित पाँच दलीय समन्वय समितिको बैठक बस्दैछ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा देशको समसामयिक राजनीति र राष्ट्रिय सभा निर्वाचनका लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, जसपा अध्यक्ष उपेन्द्र यादव, जसपा संघिय परिषद अध्यक्षा बाबुराम भट्टराई, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका शीर्ष नेता सहभागी छन् ।