१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अहिले पनि नौजवान पार्टी होः सचिव भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरु कहिले पनि पुराना नहुने भन्दै एमाले अहिले पनि नौजवान पार्टी भएको बताउनुभएको छ ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पुराना राजनीतिक दलहरु सकिए र पुराना दलहरुकरो स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ राजनीतिक दलहरु त्यसमा आश गरेर बसिरहेको बताउनु भयो ।

उहाँले रास्वपा कहिले पुराना दलहरु सकिन्छन् र त्यो ठाउँमा बसौँला भन्ने आशमा रहेको बताउनु भयो । दाबी गरेर मात्रै नयाँ नभइने भन्दै किन नयाँ राजनीतिक दल भन्नेकुरा प्रमाणित गर्न सक्नुपर्ने बताउनु भयो । राजनीतिक दल कहिले पनि पाको नहुने र कहिल्यै नमर्ने भन्दै एमालेले हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको बताउनु भयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘यहाँ पुराना दलहरु अब सिद्धिँदै छन् । पुराना दलहरुको स्थान नयाँ दलले लिँदैछ भन्ने कतिपयका भाष्यहरु छन् । कविन्द्रजीहरु त्यसमा आश गरिरहनुभएको छ । पुराना दल कहिले सिद्धेलान् र हामी त्यहाँ उभिउँला भनेर । उहाँहरुको त्यो आशा छ । उहाँहरुको मुख्य नारा नै त्यही हो । पुराना दल सिद्धिए अब हामी । किन हामी भन्नेकुराको प्रश्न छ । पुराना दलले के गरे, किन हामी भन्ने छ । दाबी गरेर मात्रै त हुँदैन । मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ । राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो । एमाले स्थापित भएको ७० वर्ष भयो । एमाले आज पनि नौजवान पार्टी हो । काँग्रेस आज पनि नौजवान पार्टी हो । कतिपय सन्दर्भमा कविन्द्रजीहरुको रास्वपा भन्दा पनि नौजवान हो । यो पार्टी हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको छ । ’

सचिव भट्टराईले राजनीतिक दलको कहिले पनि मृत्यु नहुने बताउनु भयो । राजनीतिक दल जहिले पनि पुनःगठित हुँदै जाने बताउनु भयो ।