८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

शेखर समूहले पार्टीको संस्थापन पक्षले गरेको अनुशासनको कारबाहीलाई अस्वीकार गर्ने

शेखर समूहले पार्टीको संस्थापन पक्षले गरेको अनुशासनको कारबाहीलाई अस्वीकार गर्ने
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहले पार्टीको संस्थापन पक्षले गरेको अनुशासनको कारबाहीलाई अस्वीकार गर्ने भएको छ ।

बिहीवार संस्थापन इतर पक्षका नेता डा. शेखर कोईरालाको सचिवालयमा भएको संस्थापन इतर समूहले अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरुमाथि कारबाही गरेको निष्कर्ष निकालेको हो । नेताहरुले विधानत: कारबाही सही नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद एवं संस्थापन इतर पक्षधर नेता राजेन्द्र बजगाईंले उजुरी परेको समयको ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने भन्ने काँग्रेसको विधान रहेको भएपनि करिव तीन वर्षपछि कारबाही गरिनु गलत भएको बताउनु भयो । उहाँले गठबन्धनको उम्मेदवार हराउन लागेको भन्ने आधार बनाएर अहिले कारबाही गर्नु उचित नरहेको तर्क गर्नुभयो । आसन्न निर्वाचन २०८४ र त्यो भन्दा अघि पनि मध्यावधिको रुपमा पनि हुनसक्ने स्थितिलाई हेरेर कारबाही गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । भेलामा पार्टीको महाधिवेशनबारे पनि छलफल भएको छ ।

उहाँले भन्नुभयो, ‘विधानत: कारबाही ठिक छ की छैन कारबाही भन्ने विषयमा कुरा भयो । उजुरी परेको समयको ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने भन्ने छ । त्यो संगत नभएकाले यो वैधानिक छैन भन्ने कुरा भयो । नेपाली काँग्रेस र नेकपा एमालेका समस्याहरु पार्टीभित्रका द्वन्द्व समान रुपले हेर्न लायक छ । त्यहाँ पनि कारबाहीको श्रृंखला चलेको छ । हामीले पनि अनुशरण गर्‍यौँ भन्ने हो । गठबन्धनको उम्मेदवार हराउन लागेको भन्ने आधार बनाइएको छ । आसन्न निर्वाचन २०८४ र त्यो भन्दा अघि पनि मध्यावधिको रुपमा भनेर गर्न खोजिएको बुझियो । पार्टीको विधान तोकिएकै समयमा हुन्छ भन्ने विषयमा संशय रहेकोबारे पनि छलफल भएको छ ।’

काँग्रेस नेता अर्जुननरसिंह केसीले कारबाही पक्षपातपूर्ण र पूर्वाग्रही रहेको बताउनु भयो । सिंगो पार्टीको हित र विधान विपरित गइ कारबाही गरिएको भन्दै यसलाई स्वकार्न नसकिने बताउनु भयो । उहाँले १५ औं महाधिवेशनलाई लक्षित गरेर विधि, विधान र प्रक्रिया विपरित पूर्वाग्रहले कारबाही भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘कारबाहीहरु अत्यन्त पक्षपातपूर्ण र पूर्वाग्रही छ । सिंगो पार्टीको हित र पार्टीको विधानलाई गम्भीर अध्ययन गरेर हुनुपर्नेमा त्यसको विपरित भएको छ । नेपाली काँग्रेसको विधान र नियमावलीले उजुरी परेको ६ महिनाभित्रै कारबाही गर्नुपर्ने भनेको छ । अहिले आएर दुई तीन वर्षपछि किन कारबाही भइरहेको छ । यो गम्भीर कुरा छ । १५ औं महाधिवेशनलाई लक्षित गरेर विधि, विधान र प्रक्रिया विपरित पूर्वाग्रहले काम भएको छ । कुनैपनि साथीहरुलाई हामी अन्याय हुन दिँदैनौँ । विधान र विधानको नियमावली भन्दा बाहिर गएर भएका कुनै कारबाही स्वीकार गर्दैनौँ ।’

अनुशासन समितिको कारबाहीमा परेका काँग्रेस खोटाङ जिल्ला सभापति विष्णुकुमार राईले पार्टीको विधान भन्दा बाहिर गएर कारबाही गरिएको भन्दै आपत्ति जनाउनु भयो । पार्टीको विधान भन्दा बाहिर गएर पार्टीलाई क्षति पुर्‍यायो भने उसलाई अनुशासनको ट्रयाकमा ल्याउनुपर्छ भन्ने विधान भएपनि त्यो प्रावधानको उपयोग हुन नसकेको बताउनु भयो । आफूहरु विपीको विचारबाट प्रेरित भएर पार्टीमा लागेको बताउनु भयो । पार्टी विचार, सिद्धान्त र ट्रयाक भन्दा बाहिर गइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको विधान भन्दा बाहिर गएर पार्टीलाई क्षति पुर्‍यायो भने उसलाई अनुशासनको ट्रयाकमा ल्याउनुपर्छ भन्ने विधान थियो । त्यो प्रावधानलाई उपयोग गर्दा कुन ढंगले उपयोग गरेको छ, त्यसको अन्तर्यलाई बुझ्नुपर्छ । यो आग्रह र पूर्वाग्रहबाट प्रेरित छ । विपीको विचारबाट प्रेरित भएर पार्टीमा लागेको हो । अहिलेको नेतृत्वहरु जान्दैनौँ । पार्टी विचार, सिद्धान्त र ट्रयाक भन्दा बाहिर गइरहेको छ ।’

अर्का काँग्रेस नेता एवं अनुशासन समिति सदस्य सञ्जय गौतमले अनुशासन समितिमा २१ सय भन्दा बढी मुद्दाहरु रहेको बताउनु भयो । कतिपय केन्द्रिय सदस्यका, पदाधिकारीका मुद्दाहरु पनि रहेको बताउनु भयो । अनुशासन समितिका बहुमत सदस्यहरुले पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको र यो राम्रो नभएको बताउनु भयो । उहाँले निष्कासन गर्नेकुरा अन्तिम रहेको र त्यहाँ पुग्ने स्थिति नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अनुशासन समितिका धेरै मुद्दाहरु छन् । २१ सय भन्दा बढी मुद्दाहरु छन् । कतिपय केन्द्रिय सदस्यका, पदाधिकारीका मुद्दाहरु पनि छन् । व्यापक रुपमा छलफल गरेका छौँ । सर्वसम्मत हुन सकेन । पार्टीको केही साथीहरुले बहुमतका आधारमा पार्टीको साधारण सदस्यबाट निष्कासन गर्नेसम्मको प्रक्रिया अघि बढाउनु भयो । हामी त्यसमा सहमत हुन सकेनौँ । असहमति राख्यौँ । निष्कासन नै गर्ने कुरा अन्तिम कारबाही हो । त्यसमा असहमित जनाएका छाैँ ।’

काँग्रेस नेता गुरु घिमिरेले अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावली विपरित रहेको बताउनु भयो । उहाँले यो अवैधानिक र पक्षपातपूर्ण रहेको बताउनु भयो । पार्टीभित्रको अर्को पक्षलाई पाखा लगाउने उद्देश्यमा आधारित रहेर कारबाही गरिएको उहाँको आरोप छ । कारबाहीबारे अनुशासन समितिका ५ जना सदस्यमध्ये दुई जनाले नोट अफ डिसेन्ट लेख्नुभएको पनि जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावली विपरित छ । अवैधानिक छ । यो पक्षपातपूर्ण र गुट प्रेरित छ । पार्टीभित्रको अर्को पक्षलाई पाखा लगाउने उद्देश्यमा आधारित छ । यो निर्णय बहुमत र अल्पमतका आधारमा गरिएको छ । अनुशासन समितिका ५ जना सदस्यमध्ये दुई जनाले नोट अफ डिसेन्ट लेख्नुभएको छ ।’

नेताहरुले राजनीतिक रुपबाट अभिप्रेरित भएर कारबाही गरिएको बताए । अनुशासनको कारबाहीको प्रक्रियाबारे सभापति शेरबहादुर देउवालाई स्मरण गराउने सहमति भएको बताए । केन्द्रिय समितिबाट कारबाहीबारे अन्तिम टुंगो लाग्ने जिकिर गरेका छन् । पार्टीभित्र प्रतिष्पर्धी समूहलाई पेल्ने प्रयत्नको शालिन र सभ्य रुपबाट हुने बताए । नेपाली काँग्रेसको अनुशासन समितिले पार्टीको हित विपरित काम गरेको र गत निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई नसघाएको भन्दै केही नेता कार्यकर्ताहरुलाई कारबाही गरेको छ।—न्युज एजेन्सी नेपाल