८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद गौतमको भनाई रेकर्डबाट हटाउन एमालेको माग

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद गौतमको भनाई रेकर्डबाट हटाउन एमालेको माग
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसदमा भ्रमपूर्ण कुरा गरिएको भन्दै संसदको रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रमुख सचेतक बर्तौलाले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँग गएका मानिसहरु उतै बसेको भन्दै सांसदहरुले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

संसदको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सपेन भ्रमणमा गएका केही मानिसहरु नफर्किएको समाचारहरुमा आइरहेको भन्दै सदनमा ध्यानाकर्षण गराउनुभएको थियो । सोही कुरालाई लिएर मुख्य सचेतक बर्तौलाले भ्रामक, तथ्यहिन र आपत्तिजनक विषयहरु संसदमा राख्न नहुने र प्रमाणित गरेर देखाउन चुनौति दिनुभयो । उहाँले उक्त कुरा संसदको रेकर्डबाट हटाउन समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही माननीयज्युहरुले असाध्यै भ्रामक, तथ्यहिन र आपत्तिजनक विषयहरु संसदमा राख्नुभएको छ । बोल्न पाउने अधिकारलाई माननीय सदस्यहरुले दुरुपयोग गर्दै सम्माननीय प्रधानमन्त्रीज्यु स्पेनको अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्रसंघ संवद्ध कार्यक्रममा सहभागी भएर फर्किसक्नुभयो । उहाँ स्पेनको कार्यक्रममा सहभागी हुँदै गर्दा केही मानिसहरु स्पेनमै बसेका छन्, वा भिजिट भिसामा गएर फर्किएका छैनन् भनेर सम्माननीय प्रधानमन्त्री लक्षित अभिव्यक्तिहरु यस गरिमामय संसदमार्फत अभिव्यक्त हुने काम भयो । यि विषय असाध्यै निराधार, भ्रामक, कपोलकल्पित र यस्तो गरिमामय संसदमार्फत जिम्मेवार सांसदहरुबाट यस्तो तथ्यहिन कुराहरु गर्नेकुरा आफैँमा बेठिक छ । यस्ता तथ्यहिन र भ्रमपूर्ण विषयहरुलाई संसदको रेकर्डबाट हटाइनुपर्छ । को मानिसहरु प्रधानमन्त्रीसँग साथमा गएर फर्किएनन् ति बोल्ने माननीयज्युहरुले यो संसदमार्फत संसदलाई जानकारी गराइनुपर्छ । म यसको चुनौति दिन चाहन्छु ।’

प्रमुख सचेतक बर्तौलाले बोल्न पाउने अधिकारको दुरुपयोग नगर्न पनि चेतावनी दिनुभयो ।