काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलाीलाई भेट्न सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुग्नुभएको छ ।
देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि बालुवाटार जानुभएको हो ।
एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी हुनुहुन्छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।
हिजो भएको केन्द्रिय समितिको बैठक समापनमा सभापति देउवाले एमालेसँगको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताउनुभएको थियो ।
गठबन्धन बारे बाहिर आए जस्तो केहि पनि नभएको उहाँको भनाई थियो ।








