२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाको बाढीमा कम्तिमा ११ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरद्वारा उद्धार



अ+ अ-

काठमाडौं । रसुवामा आएको बाढीमा ११ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अज्ञात छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार रसुवागढी भन्सार, सुक्खा बन्दरगाह र टिमुरे सुक्खा बन्दरगाह क्षेत्रबाट ११ जना बेपत्ता भएका हुन् । तर अहिलेसम्म हताहतीको खबर आएको छैन ।

बाढीले रसुवागढी र केरूङ जोड्ने मितेरी पुलमा पनि ठूलो क्षति पुगेको छ ।

यसैबीच नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

बाढीमा फसेकाहरुको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो । लामो समय रुखमा बस्दा थाकेपछि दुई जना स्थानीय फेरि जोखिम क्षेत्रमा झरेर बसेका थिए ।

चिनियाँ भूभागमा आएको भीषण वर्षासँगैको बाढीले रसुवामा पर्ने नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका केही सवारी साधन बगाएको छ ।

बाढीका कारण त्रिशुली नदीको जल सतह ह्वात्तै बढेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले भने नदीमा ठूलो बाढी आएका सचेत रहन अनुरोध गरेको छ ।

फोटो- नेपाली सेना

 




भर्खरै