५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ लाख धेरौटी तिर्न नसकेर कारागार चलान भए युनुस अन्सारी



अ+ अ-

काठमाडौं । बाराका युनुस अन्सारी १५ लाख धरौटी तिर्न नसकेर कारागार चलान भएका छन् ।

अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले सोमबार भएको थुनछेक बहसपछि १५ लाख धरौटी दिन आदेश दिएको थियो ।

तर उक्त धरौटी रकम तिर्न नसकेर अन्सारी कारागार कार्यालय कारागार चलान भएका हुन् ।

सम्पत्ति शुद्धिकरण मुद्दा खेपिरहेका अन्सारी नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भएपछि ललितपुरको नख्खु कारागारमा ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्दै थिए ।

तर उनी रिहा हुने भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई बुधबार नै पत्राचार गरिसकेको थियो ।

त्यही पत्रका आधारमा कारागारबाट रिहा भए लगत्तै अन्सारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो ।

अन्सारी पहिलो पटक २०६६ मा पुस १३ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । उनी अर्को महिना माघ १७ मा कारागार चलान भएका थिए । त्यति बेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए ।

यस्तै, २०६७ असोज ६ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारीको नाम जोडिएको थियो । त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी २०७० असोज १८ मा छुटेका थिए ।

तेस्रो पटक २०७० माघ १० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरेर छुटेका थिए । २०७६ जेठ १० मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए ।

त्यसपछि उनलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यही कैद सजाय उनले अहिले पुरा गरेका थिए ।

उनी पूर्वमन्त्री सलीम मियाँ अन्सारीका पुत्र हुन् ।