२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनामनगरबाट हराएका अछामका कुँवर अहिलेसम्म भेटिएनन



अ+ अ-

काठमाडौँ । अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको पाँच दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन् ।

यही असार १७ गते बिहान काठमाडौँ महानगरपालिका–२९ अनामनगर अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’का लागि निस्किनु भएका कुँवरबारे अहिलेसम्म पत्ता नलागेको उहाँका भतिज देवबहादुर कुँवरले जानकारी दिनुभयो ।

देवबहादुरले भन्नुभयो, “काका हराउनु भएको आज पाँच दिन भइसक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँ । अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

कुँवर हराउनु भएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उहाँका भतिजाले निवदेन दर्ता गराउनु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “ कुँवरको खोजी जारी छ, विभिन्न यनिटमार्फत प्रयास भइरहेका छ ।”