२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटका लागि सहजीकरण गरिदिन विद्यासँग बालेनको गुहार !



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षको बजेट ल्याउने वातावरणको सहजीकरण गरिदिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । गत बिहीबार पूर्वराष्ट्रपति भण्डारीकै निवास बूढानीलकण्ठको भंगालमा पुगेर बालेनले करिब आधा घण्टासम्म संवाद गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध बिग्रिएर आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन नसकेको अवस्थामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेनले पूर्वराष्ट्रपति भण्डारीसँग गुहार मागेका हुन् ।

बालेनको सचिवालयले पूर्वराष्ट्रपतिले भेटघाटका लागि बोलाएको गएको जनाएको छ । उहाँहरुबीच पुरानै चिनजानसमेत हो ।

विगत एक वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रमक रहेका बालेन्द्रले पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर अड्किएको बजेट, पछिल्लो राजनीतिक परिस्थितिसहितका विषयमा कुराकानी गरेको खुलेको छ । त्यस क्रममा पूर्वराष्ट्रपति भण्डारीले सहजीकरण गरिदिने आश्वासन दिनुभएको बताइएको छ ।

बालेनलाई भंगाल पुर्‍याउने काम भने काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले गरेका हुन् ।

त्यस क्रममा बालेनले पूर्वराष्ट्रपतिलाई सरकारी सेवा–सुविधा ध्यागेकोमा बधाई दिएका थिए ।

यसैगरी अड्किएको बजेटबारे पनि बालेनले गुनासो राखेको बताइएको छ । उनले वर्तमान प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई फिर्ता पठाएर भए पनि बजेट ल्याउनेबारे सहजीकरणको अपेक्षा भेटमा गरेका थिए ।

असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने महानगरपालिकाले अहिलेसम्म सकेको छैन । विशेष गरी बालेन र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण बजेट ल्याउन नसकिएको हो । यो महिनाभित्र बजेट ल्याउन नसके आगामी साउन १ गतेदेखि महानगरपालिकालाई आर्थिक संकट हुने छ । यही संकट टार्न बालेनले पूर्वराष्ट्रपति भण्डारीलाई भेटेर सहयोगको अपेक्षा गरेका हुन् ।

पूर्वराष्ट्रपति भण्डारी नेकपा एमालेको राजनीतिका फर्किएपछि भेटघाट पनि तीव्र पारेकी छन् । उनी यही असार १४ गते स्वर्गीय मदन भण्डारीको ७४ औँ जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

भण्डारीलाई एमालेको भावी अध्यक्षका रुपमा समेत कतिपय नेताले हेर्न थालेका छन् । भण्डारीको सक्रियताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने तनाव भएको छ ।