८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

यु–१६ युथ लिगमा मनाङ मस्र्याङ्दीको विजयी शुरूवात

यु–१६ युथ लिगमा मनाङ मस्र्याङ्दीको विजयी शुरूवात
अ+ अ-

काठमाडौँ । मनाङ मस्र्याङ्दीले श्रीभगवती क्लवलाई हराउककंदै एन्फा यु–१६ युथ लिगमा विजय शुरूवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको उद्घाटन खेलमा मनाङले श्रीभगवतीलाई २–१ ले हराउककंदै सुखद् शुरूवात गरेको हो । खेलको अन्तिम तीन मिनेट समालिन नसक्दा श्रीभगवतीले हार सामना ग¥यो । मनाङको जितमा रोहन थापामगर र विवेक मगरले गोल गरे । श्रीभगवतीका लागि सरून महतो गोल फर्काए पनि हार टार्न सकेनन् । रोहन खेलको प्लेयर अफ दी म्याच घोषित भए । रोहनले खेलको ४० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

यससँगै पहिलो हाफमा मनाङ १–० ले अगाडि रह्यो । ५८ औं मिनेटमा सरूनले गोल फर्काउककंदै श्रीभगवतलाई बराबरीमा ल्याए । तर अन्तिम समयमा भने समालिन सकेन । ८७औं मिनेटमा  विवेक गोल गर्दै मनाङलाई २–१ को जित दिलाए । त्यसअघि यस प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले गरेका थिए । किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फाले एन्फा यु–१६ युथ लिगको सुरूआत गरेको हो । किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप शुरु गरिएको युथ लिगमा शिर्ष डिभिजनका कुल १४ क्लवले प्रतिष्पर्धा गर्दैछन् । यु–१६ युथ लिग तेस्रो संस्करण हो । यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शिर्ष डिभिजनमा उक्लिएका दुई क्लव प्लानिङ ब्वाइज र श्रीभगवतीले यस युथ लिगमा प्रतिष्पर्धा गरेका छन् । थ्री स्टारमाथि भने कारबाही भएसँगै रेलिगेसन परेपछि यो क्लवले भने युथ लिगमा सहभागिता जनाउन पाएन । उसका सट्टामा सशस्त्र प्रहरी बल एपिएफको टोलीले एन्फा यु–१६ युथ लिगमा प्रतिष्पर्धा गरेको छ ।

यसबाहेक त्रिभूवन आर्मी क्लव, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी छन् । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।