२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण देओस्, जुनसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको छ भनेर प्रमाण प्रश्तुत गरे जुनसुकै बलिदान दिन तयार रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नबिराउनु, नडराउनु भन्ने आफ्नो एउटा मान्यता रहेको बताउनु भयो । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता नरहेको उहाँको भनाइ छ । उहाँले यो धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रश्तुत गरे जुनसुकै बलिदान गर्न आफू तयार रहेको घोषणा गर्नुभयो । आफू सधैँ अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने व्यक्ति भएको बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रश्तुत गरोस्, जुनसुकै बलिदान गर्न म तयार हुनेछु । म अनुचित कुराको कहिल्यै पनि पक्षमा रहन्न । म जहिले पनि अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने, राम्रो संस्कृति र संस्कारमा जोड दिने, कहिले पनि बदलाको भावनाबाट नहिँड्ने सकेसम्म सबैलाई समेटेर लैजाने सोच भएको मान्छे हुँ ।’

अध्यक्ष नेपालले जीवनमा चुनौतिहरुको सामना गर्ने आँटका साथ अघि बढ्नुपर्ने बताउनु भयो ।