१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर एकजनाको मृत्यु



अ+ अ-

चन्द्रपुर । रौतहटमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर(२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।