८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

खेलकुदको विकासका लागि प्याब्सन र एनएसएसएफबीच तीन वर्षे सम्झौता

खेलकुदको विकासका लागि प्याब्सन र एनएसएसएफबीच तीन वर्षे सम्झौता
अ+ अ-

काठमाडौँ । नेपाल स्कुल खेलकुद महासंघ र निजी तथा आवासीय विद्यालय संगठन नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच महासंघ र प्याब्सनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र अन्तर्राष्ट्रिय स्कुल खेल महासंघका प्रतिनिधि राजकुमार कार्कीले हस्ताक्षर गर्नुभयो ।

समझदारीसँगै निजी तथा आवासीय विद्यालयहरुमा खेलकुद कार्यक्रमको विकास, प्रवद्र्धन र समन्वयका लागि संयुक्त कार्य संरचना स्थापना गर्ने उद्देश्य लिइएको छ । विद्यार्थीमा शारीरिक स्वास्थ्य, सामुहिक भावना, अनुशासन र समग्र व्यक्तित्व विकासको लागि खेलकुदको महत्व महत्वपूर्ण रहेको प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनु भयो । सम्झौताअन्तर्गत पूर्वाधार विकास, प्रतियोगिता आयोजना, प्रतिभा पहिचान तथा शारीरिक शिक्षाको प्रवद्र्धनमा सहकार्य गरिने बताउनु भयो ।

निजी तथा आवासीय विद्यालयहरुमा विद्यार्थीको खेलकुद तथा शारीरिक गतिविधिमा सक्रिय सहभागिता बढाउने, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा एनएसएसएफ प्याब्सन कप, आइएसएफ प्याब्सन कप, आइएसएफ प्याब्सन कमब्याट गेम्स, आइएसएफ प्याब्सन गेम्स र स्कुल प्राइमर लिग लगायतका प्रतियोगिताहरु संयुक्त रुपमा आयोजना गरिने बताउनु भयो ।  निजी तथा आवासीय विद्यालयहरुमा खेलकुद उपकरण र संरचना सुधारमा सहयोग गर्ने, युवा खेलाडीलाई पहिचान गरी उनीहरुलाई विशेष तालिम र प्रतिष्पर्धामार्फत विकास गर्न आवश्यक अवसरहरु प्रदान गर्ने उद्देश्य राखिएको छ । सम्बन्धित पक्षहरुले खेलकुद कार्यक्रमहरुको लागि आवश्यक आर्थिक तथा भौतिक श्रोतहरुको परिचालनमा सहकार्य गर्नेछन् ।

सरकारी निकाय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय निकायहरुसँग सहकार्य गरी श्रोत जुटाउने काम गरिने उहाँको भनाइ छ । कार्यक्रमहरुको प्रभावकारिता सुनिश्चित गर्न नियमित रुपमा संयुक्त अनुगमन तथा मूल्यांकन प्रणाली लागू गर्ने पनि जानकारी दिनुभयो । आवश्यक सुधार र रणनीतिहरुको पुनरावलोकन समय समयमा गरिने बताउनु भयो । सम्झौता आजैबाट प्रारम्भ हुने र तीन वर्षको लागि मान्य हुने बताइएको छ । पक्षहरुको पारस्परिक सहमतिमा यसको अवधि नविकरण गर्न सकिने र कुनैपनि पक्षले सम्झौता समाप्त गर्न चाहे कम्तीमा ३० दिन अगाडि लिखित सूचना दिनुपर्नेछ ।