५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद मेटमणि चौधरी र ठेकेदारले गरे सहमति



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसद मेटमणि चौधरी र निर्माण व्यवसायी ठेकेदार धात बुढामगरले सहमति गरेका छन् ।

पाँच करोड ४० लाख रुपैयाँको लेनदेनमा दुबैले प्रहरीमा पुगेर सहमति गरेका हुन् ।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका चौधरी र ठेकेदार बुढामगर असार १७ गते (मंगलबार) साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर सहमति गरेको प्रहरीले जनाएको छ ।

सहमतिमा भने उनीहरूले ‘कुनै पनि लेनदेन नभएको’ उल्लेख गरेका छन् ।

दुबैजना उपस्थित भएर सहमति भयो र कुरा मिल्यो भन्दै लेनदेन छैन र त्यो मुद्दा अगाडि बढाउन नचाहने भनेपछि सहमति गरेका हुन् ।

बुढामगरले साउन ६ गते सांसद चौधरीविरूद्व ५ करोड ४० लाख रुपैयाँको चेक अनादरको जाहेरी दिएका थिए । तर, असार ८ गते उनले जाहेरी फिर्ताका लागि फेरि अर्को पत्र पठाए ।

मेटमणिले यसअघि शहरी विकासमन्त्री भएका बेला ठेक्का मिलाइदिन भन्दै व्यवसायी बुढामगरसँग ५ करोड ४० लाख रूपैयाँ लिएको आरोप लागेको छ । ठेक्का मिलाउन नसकेपछि मेटमणिले उनलाई लगेको पैसा बराबरको चेक दिएको दाबी गरिएको छ ।