२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिलभूषण पाठकको मुद्दा न्यायाधीश भट्टको इजलासमा



अ+ अ-

काठमाडौँ । पत्रकार दिलभूषण पाठकको मुद्दा जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा तोकिएको छ । विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनको बयान र थुनछेक आज बहस हुने भएको हो ।

यससँगै, पाठक आज आफैँ अदालतमा उपस्थित भएका छन् । उनी उपस्थित भएपछि बयान र थुनछेकका लागि न्यायाधीश भट्टको ३१ नम्बर इजलासमा पेसी तोकिएको सूचना अधिकार दीपककुमार श्रेष्ठले बताए ।

गत सोमबार साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । ब्युरोले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरेको छ ।