काठमाडौँ —अमेरिकी सरकारले मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) लाई निरन्तरता दिने भएको छ ।
अमेरिकी सरकारले सो कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेसँगै एमसीए नेपालले स्वागत गरेको छ ।
एमसीए नेपालले एक बिज्ञप्ति जारी गर्दै भनेको छ ‘मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको स्वागत गरेको छ ।’










