२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले सोध्यो नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

यस अभिव्यक्तिपछि नेकपा एसभित्र झाँक्रीप्रति चर्को पार्टीपंक्ति आक्रोशित बनेको छ । पार्टी अध्यक्ष विरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको हो ।

स्रोतका अनुसार अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको बताइएको छ । उनको जवाफ आएपछि जवाफ हेरेर पार्टीले आवश्यक निर्णय गर्ने जनाइएको छ ।