काठमाडौँ । प्रहरीले महिलाको अश्लील फोटो र भिडियो बनाई बिक्री/वितरण गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका–६ घर चई काठमाडौँ बस्ने २९ बर्षका रमेश थापा रहेका छन् ।
उनलाई महिलाको अश्लील फोटो र भिडियो बनाई बिक्री( वितरण गर्ने तथा भिडियो कलमार्फत मानिसहरुलाई अश्लील क्रियाकलापमा सहभागी गराउने भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
थापामाथि पाँच दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।











