२२ श्रावण २०८३, शुक्रबार
,
Latest
खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ अजित मिजारका परिवारसँग मन्त्री सिता बादीको भेट, न्यायप्राप्तिका सरोकारबारे छलफल जेन-जी आन्दोलनका शहीदका परिवार र घाइतेसँगको सहमति तत्काल कार्यान्वयन गर्न सांसद खतिवडाको माग खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय अपराध मुख्य चुनौतीः प्रहरी प्रवक्ता नेपाल प्रहरीको आधुनिकीकरण योजनाः साइबर स्क्याम सेन्टर र एकीकृत कमाण्ड सेन्टर स्थापना गरिने राष्ट्रपति पौडेलसंग कांग्रेसका नेताहरुको भेट, के भयो कुरा ? १५ दिनभित्र नागढुंगा–मुग्लिङ क्षेत्रका पोल सार्न संसदीय समितिको निर्देशन प्रधानमन्त्री साहले भेट्नको लागि समय नदिएको भन्दै काँग्रेस सांसदको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौनकको शानदार शतकमा नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । रौनक श्रीवास्तवको शानदार शतकमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाइ ३५९ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो । विशाल योगफल बनाउन रौनकले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रन बनाए । त्यस्तै, जोय थापा ६१ रनमा अविजित रहँदा शिवांश बजगाइले ५४ रन बनाए ।

यस्तै, भुटानका सन्जय दोर्जीले ३ विकेट लिँदा तेन्जिन लोदेले १ विकेट लिए ।

हालसम्म खेलेका तीनवटै खेल जितेको नेपालले सेमिफाइनल खेल्ने पक्का भइसकेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा जापानलाई ९ विकेटले र तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।

 




भर्खरै