१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधीय तत्वलाई मजाकमा नउडाउन प्रधानमन्त्रीकाे आग्रह



अ+ अ-

काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय याेग दिवसका अवसरमा "राष्ट्रिय याेग अभ्यासक्रम" (National Yoga Protocol) काे बालुवाटारस्थित एक्सन रूमबाट बिहान विमाेचन गर्नुभएकाे छ ।

उहाँले व्यायाम, प्रणायाम र ध्यानकाे संयाेजन नै पूर्ण याेग रहेकाेमा जाेड दिँदै हिमवत् खण्ड आयुर्वेद र याेगकाे उद्गम र विकास स्थल रहेकाे बताउनुभयाे ।

राेगकाे उपचारभन्दा पहिले निराेगी नेपालकाे स्वास्थ्य नीति अवलम्बन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार क्रियाशील रहेकाे उहाँले संबाेधनका क्रममा स्पष्ट गर्नुभयाे ।

नेपालीहरूका भान्छामा अनेक औषधीय तत्वकाे प्रयाेग गर्ने क्रम हजाराैं वर्षदेखिकाे उपयाेग र अनुभवमा आधारित रहेकाे उहाँले उल्लेख गर्नुभयाे ।

उहाँले बेसारकाे उपयाेगिताकाे चर्चा गर्दा मजाकमा उडाउने, अदुवाकाे मजाक उडाउने र यस्ता अन्य औषधीय चिजहरूकाे मजाक उडाउनेहरूलाई लक्षित गर्दै सुझाव दिनुभयाे- आफ्नाे भान्छामा केके चिज प्रयाेग हुन्छन् ? ती किन प्रयाेग गरिन्छ ? वास्तविकता बुझेर मात्र आलाेचना गर्न वा मजाकमा उडाउन ध्यान दिनुपर्ने समेत उहँले औंल्याउनुभयाे ।