३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि



symbolic picture
अ+ अ-

काठमाडौं । कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना सङ्क्रमणबाट गत जेठ २५ गते निधन भए पनि १३ दिनपछि शनिबार नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा दिल्लीमा अन्तिम संस्कार गरिएको हो ।
 
जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले कोरोना सङ्क्रमणबाट निधन भएका बस्नेतको शवलाई नेपाल पठाउन समस्या भएपछि दिल्लीमै अन्त्येष्टि गरिएको जानकारी दिनुभयो ।  “दिल्लीमा शव बुझ्ने व्यक्ति नभएपछि ग्रिनतारा सोसाइटीको पहलमा नेपाली जनसम्पर्क समिति भारतले शव बुझेर अन्तिम संस्कार गरेको हो”, अध्यक्ष पाण्डेले भन्नुभयो । शव बुझ्ने व्यक्ति नेपालमा भएपछि परिवारलाई पत्राचार गरेर शव व्यवस्थापन गरिएको थियो ।  जेठ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लेडिहार्डिङ अस्पतालमा लगिएका बस्नेतको कोरोना पुष्टि भएको थियो ।