३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमितको संख्या ९ हजार नाघ्याे, थप एक जनाकाे मृत्यु



अ+ अ-

काठमाडाैंः नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ ।

आइतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् । काेराेना पुष्टि भएर मृत्यु भएका व्यक्तिकाे संख्या २३ पुगेकाे पनि मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मीमा एक जनाको कोरोनाबाट मृत्यु भएको बताउनुभयो । असार ५ गते मृत्यु भएका गुल्मी छत्राकोट ५ का ६९ वर्षका पुरुषको मृत्यु भएको हो ।

लकडाउनकै समयमा उपचारका लागि भारत गएका ति पुरुष प्यारालाइसिसका विरामी थिए । असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशालामा भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालाबाट ६ हजार ८ जनासँगै आइतबारसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ ।

अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन् । कोरोना निको भएर घर फर्किनेहरुको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।