१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु

लोकसेवा आयोगमार्फत स्थानीय तहमा कार्यकारी पठाउने अधिकार प्रदेशलाई दिनुपर्ने माग

लोकसेवा आयोगमार्फत स्थानीय तहमा कार्यकारी पठाउने अधिकार प्रदेशलाई दिनुपर्ने माग
अ अ+ अ-

काठमाडौँ ।  संघीय निजामति विधेयकलाई स्थानीय तहहरू कार्यकारीविहीन नरहने र अस्थायी तथा करार कर्मचारीको व्यवस्थापन हुनेगरी ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले यस्तो धारणा राखेका हुन् । विधेयकलाई कर्मचारीको संख्या घटाउने र अधिकार बढाउनेगरी पास गर्नुपर्ने उनीहरुको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले लामो समयसम्म निजामति ऐनको अभावले जनताले सेवा प्रवाहमा समस्याहरू भोग्नुपरेको उल्लेख गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउनेगरी ऐन बन्नुपर्ने बताउनु भयो । उहाँले संघीय मन्त्रालयहरुले दुई÷दुई जना सचिव राखेर काम गर्दा प्रदेश र स्थानीय तहका अधिकार कटौति गरिएको उल्लेख गर्दै यसको समाधान गर्नेगरी ऐन बन्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय तहमा कार्यकारीविहीनको अवस्था अन्त्य गर्न लोक सेवा आयोगमार्फत कार्यकारी खटाउने अधिकार प्रदेशलाई दिनुपर्ने माग समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निजाति ऐनको अभावमा जनताले धेरै समस्याहरु भोग्यो । सेवा प्रवाह राम्रोसँग हुन सकेन । र आज हामी यस विधेयकको अन्तिम चरणमा छलफल पनि गर्दैछौँ । कर्मचारीको सही विन्याश नभएको अवस्था र संघमा धेरै कर्मचारी रहने जुन अवस्था थियो त्यसलाई यसले निक्र्यौल गर्छ कि गर्दैन भन्ने प्रश्नको अझै उत्तर आएको छैन । अहिले पनि मन्त्रालयमा दुई÷दुई जना सचिव राखेर काम गर्ने गरिएको छ । यो परिस्थितिले स्थानीय र प्रदेशका अधिकारहरु कटौति गरेको देखिन्छ । स्थानीय तहहरु अहिले पनि कार्यकारीविहीन रहेको अवस्था छ । आज पनि स्थानीय तहमा कार्यकारी खटाउने कुरा त्यहाँ लोक सेवा आयोगले गर्नेगरी प्रदेशलाई अधिकार दिनुपथ्र्यो । त्यस्तो अझै प्रष्टता हुन सकिरहेको छैन । यी तमाम समस्याहरुलाई समाधान गर्नेगरी यो ऐनलाई पास गर्नुपर्छ ।’

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले विधेयकमा अस्थायी र करार कर्मचारीको व्यवस्थापनको विषयमा मौन रहेको टिप्पणी गर्नुभयो । उहाँले कार्यालय सहयोगी, कम्प्युटर अपरेटर लगायत दरबन्दीभित्रका करार कर्मचारीलाई एकपटक प्रक्रिया पु¥याएर स्थायी गर्ने व्यवस्था आवश्यक आवश्यक भएपनि विधेयकले सम्बोधन गर्न नसकेको उहाँको भनाइ छ । उहाँले जीवनको उर्जावान समय राष्ट्र सेवामा खर्चिएका अस्थायी र कारर कर्मचारीहरुलाई सम्बोधन गर्नेगरी विधेयक पास गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो विधेयकमा रहेको सबैभन्दा ठुलो कमजोरी के छ भने अस्थायी करारको व्यवस्थापनको कुरा हो । आफ्नो उर्जावान समय राष्ट्र सेवामा खर्च गरेका कार्यालय सहयोगि, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर लगायत दरबन्दिभित्रका अस्थायी, करार कर्मचारीहरुलाई एकपटक प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने व्यवस्था गर्नुपथ्र्यो । यो हुन सकेन ।’  

नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले कर्मचारी संख्यालाई घटाउने र सुविधालाई बढाउने रणनीति विधेयकमार्फत अपनाउन जरुरी रहेको बताउनु भयो । उहाँले केन्द्र सरकारले स्थानीय सरकार र प्रदेश सरकारलाई समेत फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले प्रशासनिक संघीयतालाई बलियो बनाउन अधिकार हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।  उहाँले भन्नुभयो, ‘अब स्थायी सरकारलाई हामीले फरक तरिकताले हेर्नुपर्छ । यसलाई अब हामीले डिल्लीराज खनालको प्रतिवेदनअनुसार कर्मचारीको संख्या घटाउनुपर्छ र सुविधा बढाउनुपर्छ । यो सुविधाको आधारमा कर्मचारीहरुले काम गर्न सक्दैन । यो सबैभन्दा महत्वपूर्ण कुरा हो । हामी संख्या बढाउने बाटोमा जुन गएका छौँ यसले हामीलाई राम्रो गर्न सक्दैन । अधिकारका कुराहरु समेत केन्द्रले विस्तारै तल्लो तहलाई हस्तान्तरण गर्दै जानुपर्छ ।’

नेकपा (एमाले)की सांसद ज्वालाकुमारी शाहले प्रशासनिक पारदर्शिता र जवाफदेहिताको लागि कर्मचारीको मूल्याङ्कन प्रणाली सकारात्मक रहेको बताउनु भयो । उहाँले कर्मचारीतन्त्रमा रहेको नातावाद, कृपावाद र राजनीतिक हस्तक्षेपको न्युनिकरण गर्न यो विधेयक कोसेढुंगाा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

विधेयकमा सहसचिवमा खुल्ला प्रतिष्पर्धाको व्यवस्था हटाइएको छ । हिलेसम्म खुल्ला प्रतिष्पर्धाबाट सहसचिव लड्न पाउने व्यवस्था रहेकोमा यो विधेयक पास भएपछि खुल्लामा सहसचिव लड्न पाइने छैन । आन्तरिक रूपमा उपसचिवमा प्रतिष्पर्धा गर्न काम गरेको वर्ष बढाउने व्यवस्था विधेयकमा गरिएको छ । संघीय निजामति विधेयक सभाबाट आजै पास गर्ने तयारी छ ।