१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु

प्रकाशमानलाई काँग्रेस सांसदको सुझावः कार्यवाहक प्रधानमन्त्री भएको बेलामा शहरी विकास मन्त्रालयको नाम फेर्नुस

प्रकाशमानलाई काँग्रेस सांसदको सुझावः कार्यवाहक प्रधानमन्त्री भएको बेलामा शहरी विकास मन्त्रालयको नाम फेर्नुस
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामिण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह अहिले कार्यवाहक प्रधानमन्त्री रहेकाले यही बेलामा मन्त्रीपरिषद् बैठक बोलाइ नाम परिवर्तन गर्न उहाँको सुझाव छ । उहाँले राजश्व चुहावटमा कडा ढंगले प्रश्तुत हुनुपर्ने बताउनु भयो । वनलाई नोक्शान पु¥याइरहेका रुख कटान गरी  उपयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म शहरी विकास मन्त्रालयको बारेमा धेरै भन्न चाहन्न । काम र नाम मिलेन की । तसर्थ ग्रामिण उत्थान तथा शहरी विकास मन्त्रालय यसको नाम राख्नुपर्छ । अहिले त उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीज्यु अहिले कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ । आफैँ भएको बेलामा क्याबिनेट राखेर यसको नाम बदल्दाखेरी जस्तो कामहरु भएको छ त्यो सजिलो हुन्छ की ? भन्ने मलाई लागेको थियो ।’

सांसद मिश्रले काठमाडौंका नदीनाला र खोला स्वच्छ र सफा राख्न स्थानीय जनपरिचालन आवश्यक रहेको बताउनु भयो ।