काठमाडौं । शुक्रबार एकैदिन २४ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएपछि सरकारले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) बैठक आह्वान गरेको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै आज मात्रै २४ जनामा ओमिक्रोन संक्रमण देखिएको जानकारी दिएको छ ।
बैठकमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, डा. स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह तथा वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेत सहभागी हुनुहुन्छ ।