२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङेले दिए विकास समितिको सदस्यबाट राजीनामा



फाईल फोटो
अ+ अ-

पोखरा । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । आइतबार मनाङेले समितिका सभापति दीपक कोइरालालाई राजीनामा बुझाएको उनले बताए ।

क्रसर उद्योग, विकास निर्माणमा अनियमितता सम्बन्धमा आफूले पटक–पटक कुरा उठाए पनि कुनै सुनुवाइ नभएकोले राजीनामा दिएको उनले बताए । 

कास्की र तनहुँको सीमाना कोत्रेमा राजमार्ग नजिकै खोलिएको क्रसर उद्योगको बारेमा समितिको बैठकमा बारम्बार कुरा उठाएको उनले बताए । 

संघीयताको मर्मविपरित् प्रदेशका मन्त्री माथिबाट चुनिएर आउँदा प्रदेश सांसदले मन्त्री चुन्ने आफ्नो अधिकार प्रयोग गर्न नपाएको उनको दाबी छ । ‘नेपालमा संघीयता आएकै छैन,’ उनले भने, ‘चाहिने, नचाहिने मान्छेलाई माथिबाटै मन्त्री र सांसद तोकेर पठाएको छ ।’