काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ परीक्षाफल सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७ ,३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५, २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ रहेका छन् ।
यसै गरी २.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९ , २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६, १.६ देखि २ जीपीए ल्याउने ८ जना १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ। अवगर्गीकृत परीक्षार्थीको संख्याऔ१ लाख ६७ हजार ५९७ रहेको बोर्डले जनाएको छ ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।










