५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राउन सुगरसहित दुई जना पक्राउ



अ+ अ-
काठमाडौँ । शसस्त्र प्रहरी बलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट आज ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई  जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी प्रवक्ता कालिदास धौबजीले जानकारी दिनुभयो ।
दर्शन नमस्ते इन होटलबाट किनबेच गर्ने तयारी गरिरहेको उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौमा बेचविखन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।